दुर्गेश थापाले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

काठमाडाैं | चैत १३, २०७९

दुर्गेश थापाले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

पटक पटक विवादमा आइरहने कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

 

गीत गाएर आलोचनामा परिरहने थापाविरुद्ध महाराजगञ्ज प्रहरी बृत्तमा उजुरी परेको हो। 

 

यही शनिबार टोखाको भूतखेल ग्राउन्डमा पिकनिकका क्रममा मदिरा पिएर आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दर्ता गराएका हुन्।

 

क्षेत्रीले आफूलाई थापासहित तीनजनाले मदिरा पिएर कुटपिट गरेको दाबी गरेका छन्। 

 

उजुरी परेपछि दुवै पक्षलाई झिकाएर यसबारेमा छलफल गराउन लागिएको महाराजगञ्ज बृत्तका डीएसपी अंगुर जिसीले बताए।

 

'शनिबार वनभोज जाँदा मदिरा पिएर कुटपिट गरेको उजुरी परेको छ। दुर्गेशलाई हामीले सम्पर्क गरेका छौँ। उनले बाहिर छु भनेका छन्', जिसीले भने, 'उनी आइसकेपछि दुवै पक्षसँग यसबारे थप छलफलपछि निधोमा पुग्छौँ।' 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्